गृहपृष्ठ Featured नेपाल एयरलाइन्सले आगामी शुक्रबारदेखि रेसुङ्गा विमानस्थलमा उडान गर्ने

नेपाल एयरलाइन्सले आगामी शुक्रबारदेखि रेसुङ्गा विमानस्थलमा उडान गर्ने

नेपाल एयरलाइन्सले आगामी शुक्रबारदेखि गुल्मीको रेसुङ्गा विमानस्थलमा उडान गर्ने भएको छ। नागरिक उड्डयन प्राधिकरणले मंगलबार एयरलाइन्सलाई सातामा दुई उडानका गर्न अनुमति दिएको छ। प्राधिकरणकाअनुसार शुक्रबार र मंगलबार एयरलाइन्सले काठमाडौं–रेसुङ्गा उडान गर्नेछ।

उडानका लागि एयरलाइन्सले रेसुङ्गा नगरपालिकासँग सम्झौता गरिसकेको छ। यो रूटको भाडा ६ हजार पाँच सय रुपैयाँ पर्नेछ।

रेसुङ्गा विमानस्थलको ०६३ सालमा शिलान्यास गरिएको थियो। ०७१ सालबाट नियमित काम भएर ०७५ सालमा कच्ची (धुले) धावनमार्गमा परीक्षण उडान उडान गरिएको थियो।

विमानस्थल निर्माणका लागि करिब ३३ करोड रूपैयाँ खर्च भएको विमानस्थल कार्यालयले जनाएको छ। एक सय १६ रोपनी क्षेत्रफलमा निर्माण गरिएको यो विमानस्थलमा १८ सिटे जहाजले उडान गर्न सक्छ।

सम्बन्धित् समाचार