गृहपृष्ठ Featured पाल्पाको रामपुरमा घाँस काट्दा करेन्ट लागेर एक पुरुषको मृत्यु

पाल्पाको रामपुरमा घाँस काट्दा करेन्ट लागेर एक पुरुषको मृत्यु

पाल्पा ।

रामपुर नगरपालिका-५ भम्बकका ३४ वर्षीय गोविन्द कुमालको करेन्ट लागेर मंगलबार मृत्यु भएको छ।

घर नजिकै बारी छेउमा रहेको काब्रोको रूखमा चढेर घाँस काट्ने क्रममा आज बिहान साढे सात बजे करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।

उनका अनुसार रूखबाट नजिकै रहेको बिजुलीको नाङ्गो तारमा अड्किएको घाँसको डालो झार्ने क्रममा अचानक करेन्ट लागेको थियो। गम्भीर घाइते उनको रामपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित् समाचार