गृहपृष्ठ Featured कपिलवस्तुका दुई छुट्टाछुट्टै स्थानबाट लागु औषधसहित ५ जना पक्राउ

कपिलवस्तुका दुई छुट्टाछुट्टै स्थानबाट लागु औषधसहित ५ जना पक्राउ

कपिलवस्तु ।

कपिलवस्तुका दुई छुट्टाछुट्टै स्थानबाट लागु औषधसहित ५ जना पक्राउ परेका छन् । जिल्लाको कृष्णनगर नगरपालिकामा यात्रु गेटबाट १० किलो चरेशसहित २ महिला पक्राउ परेका हुन् । यस्तै जिल्लाको बाणगंगा नगरपालिका–४ दरखास्तबाट ३ सय ६० मिलिग्राम ब्राउन सुगसहित ३ जना पक्राउ परेका हुन् ।

कृष्णनगरमा यात्रु गेटबाट अवैध लागूऔषध चरेस जस्तो देखिने कालो पदार्थ १० किलोग्रामसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक नवराज ढुंगेलले बताए ।

पक्राउ पर्नेहरूमा धादिङ खनियाबास गाउँपालिका–५ की ४९ वर्षीया संगिता तामाङ र सत्यवती गाउँपालिका–१ की ५९ वर्षीया सेती तामाङ रहेका छन् । ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा कपडामा सिलाई ५÷५ केजीका दरले दुवै जनाले कम्मरमा लुकाई राखेको उक्त पदार्थसहित फेला पारेका थियो । उता दर्खास्तमा २७ वर्षीय इश्वर सेनलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ६० मिलिग्राम र नगद ४२ हजार २ सय ५० रूपैयाँसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको थियो ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । साथै लागूऔषध खरिद विक्रीमा संलग्न अन्य २ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो ।

दुबै घटनाका सम्बन्धमा अनुसंधान र सोधपुछ जारी रहेको प्रहरी नायब उपरिक्षक मीन बहादुर घलेले बताए ।

सम्बन्धित् समाचार