कपिलवस्तु ।
पोखरामा बैशाख २७ देखि २९ सम्म हुने दोश्रो मोहन मेमोरियल अल नेपाल ईन्टर स्कुल ब्याडमिन्टन प्रतियोगीतामा सहभागी हुन जान लागेका कपिलवस्तुका खेलाडीलाई तौलिहवा स्थि कभर्ड हलमा बिदाई गरिएको छ । जिल्ला खेलकुद विकास समितिले सेकेन्डरी र लोवर सेकेन्डरी लेबलका खेलाडीलाई बिदाई गरेको हो ।
प्रतियोगीतामा १३ खेलाडीले भाग लिएको ब्याडमिन्टन संघका क्रिबिक्रम जोशीले बताए । खेलाडीहरुलाई प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेत, सशस्त्र प्रहरी उपरिक्षक जीवन केसी, जिल्ला खेलकुद विकास समितिका जिल्ला अध्यक्ष राजेश उपाध्यायले खादा लागएर बिदाई गरेका थिए ।
सो अवसरमा प्रहरी उपरिक्षक बस्नेतले खेलाडीहरुलाई उच्च मनोबलकासाथ जिल्लाको नाम उचो पार्ने किसिमले खेल्न आग्रह गरे । यस्तै समितिका जिल्ला अध्यक्ष उपाध्ययाले खेलाडीहरुलाई शुभकामना दिदै राम्रो प्रर्दशन गर्न अपील गरे ।
टिक कोच म्यानेजर गरी कुल १६ जना पोखरा तर्फ प्रस्तान गरेका छन । सहभागी मध्ये ४ जनाले मेडल ल्याउने अपेक्षा गरिएको छ ।








