बाणगंगा ।
बाणगंगा नगरपालिका- ५ का वडाध्यक्ष दुनिका भुषालको पहलमा बाणगंगाबासीले भैरहवा मेडिकल कजेजको निःशुल्क बस सेवाको सुविधा पाउने भएका छन् ।
मंगलबार एक कार्यक्रमका विच उक्त बस सेवाको समुद्घाटन गरिएको हो । वडाध्यक्ष भुषालले वडा र नगरवासीको सुविधाका लागि लामो प्रयासबाट बस सेवा शुरु गरिएको बताए ।
साथै उनले आफ्नो पहिलो लक्ष्य भनेकै स्वास्थ्य र शिक्षामा सुधार ल्याउने भएको हुदाँ कोपवा स्वास्थ्य चौकीमा समेत धेरै सुविधा थप भएको र विरामीको भरोसा समेत बढेको बताए ।
उनले विरामीहरुलाई औषधी सुविधा सहज गरिदिन समेत मेडिकल कलेजका प्रतिनिधिसँग माग गरेका थिए ।








