गृहपृष्ठ Featured रूपन्देहीका एक युवकको भारतीयको कुटपिटबाट मृत्यु

रूपन्देहीका एक युवकको भारतीयको कुटपिटबाट मृत्यु

भैरहवा । 

सीमावर्ती भारतीय गाउँमा शंकास्पदरूपमा नेपाली युवा मृत भेटिएका छन्। रोहिणी गाउँपालिका–२ बस्ने २६ वर्षीय रविकुमार यादव मृत फेला परेका हुन्। यादवको शव हात बाँधिएको र शरीरमा चोटपटक लागेको अवस्थामा भेटिएको छ।

स्थानीयवासीका अनुसार रविको मानसिक अवस्था ठीक थिएन। अतिविपन्न अवस्थाका यादव घर नजिकैको सीमा क्षेत्रमा आउजाउ गरिरहन्थे। यसै क्रममा उनी बुधबार बिहान भारत महाराजगञ्ज जिल्लाको भगवानपुर बजार पुगेका थिए।

त्यहाँ एक जनाको घरमा पसेपछि भारतीयले यादवको हात बाँधेर कुटपिट गरेको बुझिएको रोहिणी गाउँपालिका–७ का राजन यादवले बताए।

मृतक यादवको शव भारतीय प्रहरीले परीक्षण गरेको छ। रूपन्देही प्रहरी प्रमुख भरतबहादुर विश्वकर्माले घटना जानकारीमा आएको र यसबारे अनुसन्धान भइरहेको बताए।

सम्बन्धित् समाचार