गृहपृष्ठ Featured लुम्बिनीमा दोस्रो बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट–२०२३ सुरु

लुम्बिनीमा दोस्रो बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट–२०२३ सुरु

लुम्बिनी ।  

गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा दोस्रो ‘बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२३’ सुरु भएको छ । मार्टको उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि वातावरण निर्माण गर्ने तथा ट्राभल कम्पनीहरुले लुम्बिनीलाई केन्द्रमा राखेर टुर प्याकेज निर्माण गर्नुपर्नेमा जोड दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल (नाट्टा)को संयोजनमा लुम्बिनीमा तीन दिने मार्ट सुरु भएको हो ।

उद्घाटन समारोहमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षुु मैत्तयले बुुद्धजन्मस्थल लुम्बिनीबाट भ्रमण तालिका बनाउन आग्रह गरे ।

उनले गौतमबुुद्धले महापरिनिर्वाण हुुनअघि जीवनमा एकपटक भए पनि बुुद्ध जन्मस्थल लुम्बिनी पुुग्दा पुण्य प्राप्त हुने शिक्षा दिएको प्रसंग उल्लेख गर्दै विश्भरका बौद्धमार्गीहरुले लुुम्बिनीबाटै यात्रा थालनी गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सचिव सुरेश अधिकारीले कोभिडका कारण सुुस्ताएको पर्यटन क्षेत्रलाई बुद्ध जन्मस्थल लुम्बिनीबाट चलायमान बनाउनका लागि दोस्रो बुुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्टको आयोजना गरिएको बताए ।

सम्बन्धित् समाचार