गृहपृष्ठ Featured अर्घाखाँचीमा विपदबाट बच्ने सम्बन्धि डेमो प्रदर्शन

अर्घाखाँचीमा विपदबाट बच्ने सम्बन्धि डेमो प्रदर्शन

अर्घाखाँची ।

अर्घाखाँचीको शितगंगा नगरपालिकामा विपदबाट कसरी बच्न सकिन्छ भन्ने बारेमा डेमो प्रदर्शन गरिएको छ । शितगंगा नगरपालिका-३ काे ठाडामा रहेको डमरु दहमा पहिरोमा परेर फसेका तथा डुबेकाहरूको कसरी उद्धार गर्न सकिन्छ भन्ने बारेमा आपत्कालीन डेमो प्रदर्शन गरिएको हाे।

खोंचमा परेकाहरूलाई कसरी निकाल्ने र उद्धार गर्ने भन्ने बारेमा जानकारी गराउनका लागि डेमो प्रदर्शन गरिएको जिल्ला प्रहरी कार्याल अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताउनुभयाे ।

ग्याँस सिलिण्डर चुहावट हुँदा कसरी बच्ने लगायतका विषयमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले डेमो प्रदर्शन गरेको हो । त्यस्तै, पछिल्लो समय आगलागीका घटना बढिरहेकाले त्यसकाे बारेमा पनि सचेतना गराइएको थियाे ।

सम्बन्धित् समाचार