काठमाडौं ।
आइतबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।
आइतबार राति कोशी प्रदेश तथा गण्डकी प्रदेशको थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।