इन्डियन प्रिमियर लिगमा प्रभसिमरन सिंहको पहिलो शतकको मद्दतले पञ्जाव किंग्सले शनिबार दिल्ली क्यापिटल्समाथि ३१ रनको जित रचेको छ । यो जितले पञ्जावको प्ले अफ सम्भावना कायमै रहेको छ भने प्रतियोगितामा दिल्लीको चुनौती समाप्त भएको छ ।
ओपनर प्रभसिमरनले ६५ बलमा १ सय ३ रन बनाए भने पञ्जावले सात विकेटमा १ सय ६७ रन बनाएको थियो । पछि प्रभसिमरनले ३० रनमा चार विकेट लिँदा दिल्ली आठ विकेट गुमाएर १ सय ३६ रनमा अलआउट भयो ।
यो नतिजापछि पञ्जाव १२ अंकका साथ छैटौं स्थानमा उक्लिएको छ । दिल्ली भने आठ अंकमै सीमित रहेर १० टिममध्ये सबैभन्दा पुछारमा रहेको छ ।








