दाङ ।दाङमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लमही नगरपालिका-८ सतबरिया संघर्ष टोलका ५० वर्षीय जनकु चौधरीलाई प्रहरीले शनिवार दिउँसो पकाउ गरेको हो ।जनकुले गत पुस ११ गते दिउँसो सोही ठाउँस्थित खोल्सामा लगेर ती बालिकालाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।