गृहपृष्ठ Featured कपिलवस्तुको शिवराजमा सडेको अवस्थामा भेटियो महिलाको शव

कपिलवस्तुको शिवराजमा सडेको अवस्थामा भेटियो महिलाको शव

कपिलवस्तु ।

कपिलवस्तुको शिवराज नगरपालिका- १ बनकसबासा वनमा सडेको अवस्थामा महिलाको शव फेला परेको छ। बनकसबासा- बुलाकिया मैनारी गाउँ जाने भित्री गोरेटो बाटो नजिकै डुम्री खोलाको उत्तर पट्टी किनारामा मृतक महिलाको शव फेला परेको हो।

अन्दाजी ४० बर्षकी ती महिलाको पेट फुलको र अनुहार कालो अवस्थामा फेला परेको हो। शवलाई पातले छोपिएको स्थानीयबासी बताउँछन। महिलाको शवलाई परिक्षणका लागि तौलिहवा अस्पताल लगीएको छ।

हालसम्म उनको पहिचान खुल्न नसकेको प्रहरी नायब उपरिक्षक मीन बहादुर घलले बताए।

सम्बन्धित् समाचार