कपिलवस्तु ।
जिल्लाको बाणगंगाा नगरपालिका- १० ले वडामा रहेका विभिन्न संघसस्था र दलित परिवारलाई डस्टबिन र झुल वितरण गरेको छ । आइतवार एक कार्यक्रमका बिच वडामा रहेका विद्यालय, मस्जिद, मन्दिर, टोल-बिकास संस्था, क्लबहरुलाई १४० वटा डस्टबिन तथा टोल विकास संस्थाले सिफारिस गरेका ८० दलित परिवारलाई सुपरनेट झुल वितरण गरिएको वडा सचिव सन्तोष चौधरीले जानकारी दिए ।
वडा अध्यक्ष यम प्रसाद पोख्रेलले वडा भित्र रहेका दलित समुदायहरुका समस्यालाई मध्यनजर गर्दै झुल वितरण गरिएको बताए । उनले
वातावरण प्रदुषण कम गर्दै वडालाई प्रदूषण मुक्त गराउनको लागि डस्टबिन वितरण गरिएको बताए ।
वडाका हरेक समस्यामा आफु गम्भिर रहेको भन्दै वडावासीहरुले प्रत्यक्ष महसुुस गर्ने गरि काम गर्ने प्रतिबद्धता समेत जनाए ।
वडा अध्यक्ष यम प्रसाद पोख्रेलको अध्यक्षता भएको उक्त कार्यक्रम बाल सहजकर्ता बालकुमारी थारुको संचालनमा सम्पन्न भएको हो ।








