गृहपृष्ठ Featured बुटवलमा लागू औषधसहित ३ युवा पक्राउ

बुटवलमा लागू औषधसहित ३ युवा पक्राउ

प्रकाशित मिति:

बुटवल ।

लागू औषधसहित बुटवलमा ३ युवा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले बुटवल उपमहानगरपालिका-२ पाखापानीबाट ३ युवालाई शनिबार राति नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा बुटवलका २४ वर्षीय बालकुमार थापा, २२ वर्षीय गिरेश घर्तीमगर र २६ वर्षीय युवराज पचभैया मगर छन् ।

प्रहरीले उनीहरुबाट २ ग्राम ५ सय मिलीग्राम लागूऔषध ब्राउन सुगर र उनीहरुले प्रयोग गरेको लु ९१ प ३१६० नम्बरको पल्सर मोटरसाइकल बरामद गरेको इप्रका बुटवलले जनाएको छ ।

उनीहरुलाई लागूऔषध दुरुपयोग मुद्दामा अनुसन्धान अगाडि बढाएको इप्रका बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले बताए ।

सम्बन्धित् समाचार