गृहपृष्ठ Featured नारायणी नदीमा डुबेर एक दम्पतीको मृत्यु

नारायणी नदीमा डुबेर एक दम्पतीको मृत्यु

नवलपुर ।

नारायणी नदीमा डुबेर एक दम्पतीको मृत्यु भएको छ । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर २ स्थित नारायणी नदीमा डुबेर स्थानीय ५५ वर्षीय सोमबहादुर बोटे र उनको श्रीमती ४५ वर्षीय बगरी बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी डिएसपी सन्तोष पाठकले बताए ।

नारायणी पारी निगुरो टिप्न जान लागेको समयमा डुंगा डुबेर बेपत्ता भएका बोटे दम्पती मृत अवस्थामा फेला परेका थिए । मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको छ ।

आइतबार साँझ आएको ठूलो हावाहुरीको समयमा नदी पार गर्दा डुंगा डुबेर बेपत्ता भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

सम्बन्धित् समाचार