गृहपृष्ठ Featured बर्दियामा बन्दी जीवन बिताइरहेका एक कैदीको मृत्यु

बर्दियामा बन्दी जीवन बिताइरहेका एक कैदीको मृत्यु

प्रकाशित मिति:

बर्दिया ।

जिल्ला कारागार बर्दियामा बन्दी जीवन बिताइरहेका एक कैदीको मृत्यु भएको छ । राजापुर-९ दुर्गापुरका ३८ वर्षीय खुशीराम थारु अचानक बेहोस भएपछि उपचारका लागि अस्पताल लगिएको थियो ।

जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी हिक्मत बहादुर बोहोराले कारागारमा अचानक बेहोस भएका थारुको उपचारको क्रममा जिल्ला अस्पताल गुलरियामा मृत्यु भएको जानकारी दिए ।

चोरी मुद्दाको कसुरमा कैद भुक्तान गरिरहेका थारु ०७८ साल माघ १० गतेदेखि कारागारमा रहेको डीएसपी बोहोराले जनाए । दुई वर्ष सजाय भएका थारु यसै वर्ष माघ २६ गते कारागारबाट छुट्ने भएका थिए ।

उनको शव परीक्षण गरी आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार