म्मुबइका लागि ओपनर इशन किसनले ३९ बलमा सर्वाधिक ५९ रन बनाएका थिए । कप्तान रोहित शर्माले ३७ रन जोड्दा टिम डेविडले अविजित ३२ रन बनाए ।
लखनउका यश ठाकुर र रवी बिश्नोइले २/२ तथा मोहसिन खानले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले स्टोइनिसको आक्रमक ब्याटिङमा तीन विकेट गुमाएर १७७ रन बनाएको थियो । स्टोनइसले ४७ बल खेल्दै अविजित ८९ रन बनाए । उनले ४ चौका र ८ छक्का प्रहार गरे ।
यस्तै रिटार्ट हर्ट हुनुअघि कप्तान क्रुनल पाण्ड्याले ४२ बलमा ४९ रन बनाए । स्टोइनिस र क्रुनल मिलेर चौथो विकेटका लागि ८२ रनको साझेदारी गरे । क्वेन्टन डे ककले १६ रन बनाए । मुम्बइका जासोन बेहरनडोर्फले दुई तथा पियुष चावलाले एक विकेट लिए ।
जितपछि १३ खेलबाट १५ अंक जोडेको लखनउ मुम्बइलाई पछि पार्दै तेस्रो स्थानमा उक्लेको छ र प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ । चेन्नाइको पनि समान १५ अंक भएपनि नेट रनरेटमा लखनउ पछि छ । मुम्बई १५ खेलबाट १४ अंकसहित चौथो स्थानमा झरेको छ ।
मुम्बईलाई पलेअफ पुग्न अब अन्तिम खेल जित्नुपर्ने अवस्था छ ।
मुम्बइले अब सनराइजर्स हैदरवादसँग खेल्न बाँकी छ भने लअनउले लिगको अन्तिम खेल कोलकता नाइट राइडर्ससँग खेल्नेछ ।
अहिलेसम्म साविक विजेता गुजरात टाइटन्स प्लेअफ पुगिसकेको छ भने हैदरावाद र दिल्ली क्यापिटल्स लिगबाटै बाहिरिसकेका छन् । बाँकी ७ टिम प्लेअफको बाँकी तीन स्थानमा रहने होडमा छन् ।