पाल्पा ।
सालका अवैध काठसहित प्रहरीले तिनाउ गाउँपालिका २, दोभानका भीमबहादुर खत्रीलाई पक्राउ गरेको छ । तिनाउ गाउँपालिका २, दोभान हरियालीगाउँबाट बसको छतमा राखेर बुटवलतर्फ लैजाने क्रममा प्रहरीले जाँच गर्ने क्रममा तिनाउ गाउँपालिका ३, पैठेडाँडाबाट खत्री पक्राउ परेका हुन् ।
लुकाईछिपाई अवैध रुपमा लैजान खोजेको सालका चिरान काठ लु २ ख ५९०३ नम्बरको बसमा राखेर लैजाने क्रममा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाले बताए ।
१८ दशमलव २ क्युफिट काठ लुकाएर रुपन्देहीको बुटवलतर्फ बिक्रीका लागि लैजान लागेको अवस्थामा पक्राउ परेको उनले बताए । दोभान प्रहरी चौकीले पक्राउ गरेका खत्री र बरामद भएको काठ डिभिजन वन कार्यालयमा बुझाएको जनाएको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको डिभिवन वन कार्यालयले जनाएको छ ।








