गृहपृष्ठ कपिलवस्तु बिशेष जग्गा कारोबारमा ठगी गर्ने बाणगंगाका दिदी-भाई नै पक्राउ

जग्गा कारोबारमा ठगी गर्ने बाणगंगाका दिदी-भाई नै पक्राउ

प्रकाशित मिति:

केशबराज ज्ञवाली, अर्घाखाँची ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जग्गा कारोवारको सन्दर्भमा ठगी गरि मिटरब्याज असुल्न खोजेको आरोपमा कपिलबस्तुका दुई दिदी-भाईलाई पक्राउ गरि मुद्दा दर्ता गरेको छ । सन्धिखर्कका राम बहादुर बस्नेतले दिएको उजुरि पछि फरार भएका उनिहरुलाइ खोजतलाश गरि छिमेकी जिल्ला प्युठानबाट प्रहरिले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाइ जिल्ला अदालत अर्घाखाँचीबाट ५ दिनको अनुमती लिएर थप अनुसन्धान सुरु गरिएको अर्घाखाँची प्रहरिले जनाएको छ ।

यसरी सुरु भएको थियो घटनाक्रम

सन्धिखर्कका ब्यबसायी बस्नेत जग्गा ब्यबसाय गर्ने क्रममा कपिलबस्तुमा पुगे उनले त्यहा नवीन भुसाल र दामोदर भुसाल संग जग्गा साविक मोतिपुर गाबिस वार्ड ४ को कित्ता न ६०१ , २४२५ र ३४२७” का ३ कित्ता ( १० कठ्ठा ६ धुर) जग्गा किन्ने सहमती गरे र तत्कालिन जग्गाको मूल्य रकम मूल्याकंन गरि आफू भएको दुई वटा बस हरु नवीन र दामोदरलाइ दिए पछि बाकी रकम १ करोड १५ लाख बाकी रहने भयो ।

उक्त एक करोड १५ लाख रकम घेरुवा बनगाइ बस्ने मुना भनिने सीता रेग्मिले तिरिदिने र सो जग्गा नवीन र दामोदरले सितालाइ पास दिने पछि राम बहादुर बस्नेतले सितालाइ रकम चुक्ता गरेपछी राम बहादुर  बस्नेतलाइ नामसारी गरिदिने सहमती गरेर उनिहरु त्यस दिन त्यहा बाट छुट्टिए ।

सहमती र सल्लाह अनुरुप सीता रेग्मिले जग्गा आफ्नो नाममा लिइन यता बस्नेत पैसाको जोहो गर्न थाले र पैसा पठाउन सीता रेग्मी संग कुरा गर्न थाले कुराकानिका क्रममा उनले आफ्नो बैंक खातामा समस्या रहेकोले आफ्ना भाइ मोबिन रेग्मी र पार्वती कुमारी भन्डारिको नाममा विभिन्न बैंक हरुमा पैसा पठाउन लगाइन बस्नेतले पनि सोही मुताविक रकम पठाउन थाले र सावा र ब्याज सहित १ करोड ३२ लाख ५५ हजार भुक्तानी गरेर जग्गा नामसारी गरिदिन भने ।

 

यतिन्जेल सिधासिधा चलेको क्रम जब बस्नेतले आफ्नो जग्गा नामसारी गरिदिन अनुरोध गरे त्यस पछि रेग्मी परिवारलाई पैसाको मोह अझै बढ्यो र जग्गा दिन आनाकानी गर्न थाले । पटक पटक अनुरोध गर्दा पनि जग्गा दिन आनाकानी गर्दै रेग्मी परिवारले थप पैसा माग गरे , नाइ भने , जग्गा नदिने कुरा गर्न थाले । यो घटना बाट बिक्षिप्त भएका बस्नेत रेग्मिकै घरमा पुगि जग्गा दिन अनुरोध गर्दा उनका दुई वटा भाइ र सीता रेग्मिले म जग्गा दिन्न , तं जहाँ गएर जे गर्न सक्छस गर भनेर धम्काउदै भौतिक आक्रमण गर्ने धम्की पनि दिएको बस्नेतले बताए ।

सल्लाह सहमती अनुसार आफुले रकम भुक्तानी गरेपछी पनि अन्यायमा परे पछि बस्नेत जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा उजुरी गर्न पुगे । र जिल्ला प्रहरी अर्घाखाँचीले उजुरी अनुरुप पक्राउ गरि अनुसन्धान थालिसकेको छ ।

मुलुकी अपराध संहिता २०७४ का अनुसार कुनै किसिमले ठगी गरेमा सात बर्ष कैद र ७० हजार जरिवानाको ब्यबस्था रहेको छ ।

यस्तो छ जिल्ला प्रहरी कार्यालय अर्घाखाचीको बिज्ञप्ती ।

 

सम्बन्धित् समाचार