गृहपृष्ठ Featured भैरहवा भन्सार कार्यालय : राजस्व सङ्कलन गत वर्षको तुलनामा ३७ प्रतिशत गिरावट

भैरहवा भन्सार कार्यालय : राजस्व सङ्कलन गत वर्षको तुलनामा ३७ प्रतिशत गिरावट

बुटवल ।

भैरहवा भन्सार कार्यालयको राजस्व सङ्कलन गत वर्षको तुलनामा ३७ प्रतिशतले गिरावट आएको छ ।  गत आर्थिक वर्षको वैशाख मसान्तसम्म भैरहवा भन्सार कार्यालयले ९८ अर्ब ३९ करोड १७ लाख ९ हजार राजस्व  सङ्कलन गरेकोमा यस वर्ष ६२ अर्ब ३४ करोड ४ लाख ६५ हजार मात्रै राजस्व उठेको छ ।

यस्तै निर्यात  मूल्यमा २१ प्रतिशतले कमी आउँदा आयात मूल्यमा भने ३२ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको वैशाख मसान्तसम्म यहीँबाट २ खर्ब ५ अर्ब ५१ करोड ९३ लाख ३१ हजार मूल्य बराबरको सामान आयात भएकोमा अहिले १ खर्व २७ अर्ब ५७ करोड  ६३ लाख ५३ हजारको आयात भएको छ । निर्यात भने ३२ प्रतिशतले बढेको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षमा ६ अर्ब ७५ करोड ७६ लाख ४६ हजार मूल्य बराबरको निर्यात भएकोमा यस वर्ष बढेर  ९ अर्ब ८३ करोड ९१ लाख ७९ हजार मूल्य बराबरको समान निर्यात भएको भन्सार कार्यालयका  सूचना अधिकारी उपेन्द्र लामिछाने बताए ।

देशकै दोस्रो ठुलो नाका भैरहवा भन्सारको पोहोरको तुलनामा यसपालि मालसामानको आयात घटे पनि निर्यात बढ्न नसक्दा व्यापार घाटामा खासै सुधार हुन सकेको छैन । आयातको तुलनामा निर्यात नगन्य छ ।

भैरहवा स्थित बेलिहिया नाकाबाट औद्योगिक कच्चा पदार्थ, सवारी साधन,इन्धन र खाद्यान्न तथा तरकारी,फलफूलको आयात उच्च  रहेको छ ।

सम्बन्धित् समाचार