गृहपृष्ठ Featured कपिलवस्तुका उखु किसानको काठमाडौंको माइतीघर मण्डलामा धर्ना !

कपिलवस्तुका उखु किसानको काठमाडौंको माइतीघर मण्डलामा धर्ना !

काठमाडौं ।

कपिलवस्तुका उखु किसानहरू यति बेला  काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिइरहेका छन्। सरकारले दिनुपर्ने साढे २ करोड रकम भुक्कानी मिल मालिकले पाए पनि आफूहरूले नपाएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

आव २०७१/०७२ मा प्रतिक्विन्टल नेपाल सरकारले दिने निर्णय गरेको रकम पनि अहिलेसम्म  कपिलवस्तुका करिब ८ हजार किसानले आफ्नो उखुको मूल्य नपाएको कपिलवस्तु किसान संघका अध्यक्ष अनुपकुमार चौधरीले बताए।

किसानहरूले मिल सञ्चालक आफ्नो उखुको मूल्य माग गर्दा नदिने भएपछि आफूहरू काठमाडौं आएको किसानहरूले बताएका छन्।

कपिलवस्तुबाट ३ दिनअघि काठमाडौं आएको उखु किसान माइतीघर सडकमै बस्दै आएका छन्।

कपिलवस्तुको शिवराज नगरपालिकामा रहेको महालक्ष्मी सुगर्स मिलले पैसा माग्न जादाँ सरकार दिने भन्ने र सरकारले मिल सञ्चालकले लगेको छ भनेर अल्मलाइरहेको किसान बताउँछन।

उखु बेचेको ८ वर्ष पूरा भए पनि किसानले पैसा नपाएको गुनासो गरेका छन्।

किसानलाई साथ दिन कपिलवस्तु  क्षेत्र नम्बर ४ बाट सांसद मंगलप्रसाद गुप्ता, शिवराज नगरपालिका नगर प्रमुख अजय थापा र शिवराज ३ का वडाध्यक्ष टेकलाल सापकोटा समेत उखु किसानसँगै माइतघरमा एकवद्धता व्यक्त गर्न आएका छन्।

सम्बन्धित् समाचार