कपिलवस्तु ।
सुुआहारा दोश्रो चरणको कार्यक्रम बिधिवत रुपमा कपिलवस्तुमा सम्पन्न भएपछि सरोकारवालाबीच तौलिहवामा सिकाई आदानप्रदान गोष्ठी गरिएको छ । युएसएडको सहायोग, हेलेन किलर ईन्टरनेशनलको अगुवाई तथा कालिका स्वाबलम्बन सामाजिक केन्द्रको साझेदारीमा सन २०१७ देखि २०२३ अप्रिल सम्म जिल्लाका कार्यक्रम चलेको थियो ।
नेपाल सरकारको बहुक्षेत्रीय पोषण योजनाको मर्मलाई आत्मसात गर्दै एकीकृत स्वास्थ्य तथा पोषणको क्षेत्रमा हजार दिनका आमा,किशोरीहरुलाई लक्षित गरि सुआहारा दोश्रो कार्यक्रम कार्यान्वयन गरिएको थियो । जिल्लाका १० वटै पालिकाका ९६ वटा वडामा कार्यक्रम संचालन गरिएको थियो । सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्यले सआहरा कार्यक्रमले जिल्लाको पोषणको स्थितिमा सुधार आएको बताए ।
उनले यो कार्यक्रमले जिल्लाकै स्वाथ्य क्षेत्रलाई माथी उठाउन योगदान दिएको बताए । प्रजिअ शकरहरि आचार्यले लगानी गर्नु पर्ने उमेरमा कम लगानी गरिएकाले त्यसको असर अहिले देखिएको बताए । २ बर्ष भित्र मष्तिस्कको ८० प्रतिशत बढी विकास भई सक्ने भएकाले त्यही उमेरमा सबैले बढी लगानी गर्नु पर्ने बताए ।
उनले आगामी दिनमा योजना बजेट बिनियोजन गर्दा पोषणका बिषयमा अधिकतम बजेट बिनियोजन गर्दा आवस्यक प्रतिफल प्राप्त हुने बताए । सुआहारा कार्यक्रमका बरिष्ठ प्रदेश सयोजक भरत शर्माले पोषणको स्थितिमा कमजोर रहेको जिल्लाका गरिएको कार्यक्रमले प्रतिफल दिएको बताए । उनले पोषणका कार्यक्रमलाई निरन्तरता दिनु पर्ने बताए ।
सुआहारा केन्द्रीय कार्यलयका निर्देशक इन्द्र भुजेलले सुआहारा कार्यक्रमलाई गरिएको सम्म्मान प्रती आभार ब्यक्त गरको थिए । सुआहारा कार्यक्रमले क्षमता बिकास ,सुशासन,लैगिक समानता तथा सामाजिक समाबेशीकरण,खानेपानी सरसफाई तथा स्वच्छता,जलबायु मैत्री कृषि प्रबिधी,समूह परिचालन,घरभेट परामर्श लगातयका क्रियाकलपा गरिएको थियो । यस्तै कुपोषित बालबालिका पहिचान परामर्श लगायतका कृयाकलाप सन्चालन गरि पोषण कार्यक्रमलाई अझ प्रभावकारी बनाउनका लागि निरन्तर पैरवी गरिरहेको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिती, १० बटै स्थानिय तहले सुआहारा कार्यान्वयन गर्ने सस्था कालिका स्वाबलम्बन सामाजिक केन्द्र र सो कार्यक्रममा सहयोग गर्ने कर्मचारीलाई सम्मान तथा कदर पत्र प्रदान गरिएको थियो । जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्यको अध्यक्षता, कालिका स्वाबलम्बन सामजिक केन्द्रका कार्यकारी निर्देशक अर्जुन थापा मगरको संचालनमा भएको कार्यक्रममा बुद्धुभुमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठ, कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत गणेश प्रसाद अर्याल लगायतले मन्तब्य दिएका थिए । महिला र बालबालिकाको पोषण तथा स्वास्थ्यमा सुधार ल्याउन सन् २०१६ देखि ताप्लेजुङसहितका ४२ जिल्लामा सुआहारा कार्यक्रम सञ्चालनमा रहेको थियो ।








