गृहपृष्ठ Featured बुटवलमा मोटरसाईकल दुर्घटना : प्युठानका पोख्रेलको मृत्यु

बुटवलमा मोटरसाईकल दुर्घटना : प्युठानका पोख्रेलको मृत्यु

बुटवल ।

बुटवलमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लु ६३ प ८१८५ नंं मोटरसाईकल बुटवलको नयाँगाउँ बाट बेलबास तर्फ आउँदै गर्दा बेलबासमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा प्युठान घर भइ बुटवल जीतगढी बस्दै आएका श्रीधर पोखरेल रहेको प्रहरीले जनाएको छ ।

बुधवार राती भएको उक्त दुर्घटनामा गम्भिर घाईते अवस्थामा भेटिएका पोखरेलले प्रहरीले उद्धार गरि अस्पताल लगेकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

 

सम्बन्धित् समाचार