तेस्रो नम्बरमा व्याटिङ गर्न आएका शिव दुवेले २२ रन बनाएर पभेलियन फर्किए । अन्तिम १० बल खेल्नुअघि तेस्रो विकेटका रुपमा आउट भएका डेवोन ८७ रन बनाए । रवीन्द्र जडेजा २० र एमएस धोनी ५ रनमा अविजित रहे ।
वार्नरलाई साथ दिने कोही भएन
२२४ रनको लक्ष्य पछ्याएको दिल्लीको सुरुवात नै खराब रह्यो । मात्र ५ रन जोड्दा पृथ्वी शा व्यक्तिगत ५ रनमै आउट भए । अर्का ओपनर डेभिड वार्नरले एउटा एण्ड सम्हालेका थिए, तर कुनै पनि ब्याट्सम्यानले उनलाई साथ दिन सकेनन् ।
दिल्लीले निरन्तर विकेट गुमायो । फिल साल्ट ३, रिले रोसौव शुन्य, यश ढुल १३, अक्षर पटेल १५, अमन हकिम खान ७ रनमा आउट भए । १८.३ ओभरसम्म क्रिजमा संघर्ष गरेरका वार्नरलाई मतिशा पथिनाराले माइन अलीको हातबाट क्याच गराए । ५८ बलको सामना गरेका वार्नरले ७ चौका र ६ छक्कको मदतमा ८६ रन बनाए ।
बाँकी ९ बलमा २ रन जोड्दा २ विकेट गुमायो र २० ओधारमा ९ विकेट गुमाएर १४६ रन मात्र जोड्न सक्यो ।
यो जितसँगै चन्नईले १४ खेलबाट १७ अंक जोडेको छ र अंक तालिकाको दोस्रो स्थानमा छ । हारपछि दिल्ली भने १० अंकका साथ प्रतियोगिताबाटै बाहिरिएको छ ।