गृहपृष्ठ कपिलवस्तु बिशेष जग्गा कारोबारमा करोड बढी ठगी गर्ने कपिलबस्तुका २ दिदीभाइ प्रहरीको फन्दा

जग्गा कारोबारमा करोड बढी ठगी गर्ने कपिलबस्तुका २ दिदीभाइ प्रहरीको फन्दा

सन्धिखर्क ।

जग्गा कारोबारमा ठगी गर्ने कपिलबस्तुका २ दिदीभाइलाई अर्घाखाँची प्रहरीले पक्राउ गरेको छ। कपिलबस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ बस्ने दिदीभाइ सिता रेग्मी र मोविन रेग्मीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी मुकुन्द रिजालले बतए।

सन्धिखर्क नगरपालिका-१ का रामबहादुर बस्नेतले दिएको आर्थिक लेनदेनको विषयमा उजुरीपछि फरार भएका उनीहरुलाई खोजतलाशको क्रममा प्युठानबाट पक्राउ गरिएको डिएसपी रिजालको भनाइ छ।

कपिलबस्तुको मोतिपुर भन्ने स्थानमा रहेको दश कट्ठा छ धुर जग्गा खरिदको लागि पिडित बस्नेतले १ करोड ३२ लाख ५५ हजार रुपैयाँ दिएको र पटक-पटक अनुरोध गर्दासमेत जग्गा नदिएको र पैसा पनि फिर्ता नदिएको पिडित बस्नेतको आरोप छ।

पक्राउ परेका दुई दिदीभाइको विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित् समाचार