कपिलवस्तु ।
कपिलवस्तुको शिवराज नगरपालिका- ९ शिवगढीको भक्रम खोलामा ठेकेदारले जेसिबि लगाएर अनियन्त्रित दोहन गरेको पाईएको छ । ठेक्का लागे देखि राधारोशन निर्माण सेवाले अनियन्त्रित दोहन गर्दै आएको भेटिएको हो । जेठ ३२ गते ठेक्काको अवधि सकिने भएकाले ठेकेदार कम्पनीले अनियन्त्रित दोहनालाई झनै तीब्रता दिएका छन ।
ब्यापक जन गुनासो बढे पछि मेयर अजय थापाले खोलोका अनुमगन गर्नेक्रममा खोलामा अनियन्त्रित दोहन भएको फेला पारेको बताए । सुरक्षाकर्मी सहीतको टोलीले आईतवार बिहान अनुगन अनुगमनकाक्रमा २ जेबिबिले खोलाको उत्खनन गरीरहेको अवस्थामा फेला पारेको मेयर थापाले बताए । लु १ क ३३५३ र लु १ क ४७७८ नम्बरको जेसिबिलाई नियन्त्रण्मा लिई प्रहरीलाई बुझाइएको उनले बताए । ‘ हामीले मापदन्ड बिपरित उत्खनन गर्द दिदैनौ ’ उनले भने ।
उनले खोला, प्रयोग हुने रसिद, डम्प लगायतका अनुगमन गरेका थिए । भक्रम खोलाबाट ढुंगा, गिटी बोक्ने ट्रयाक्टर एवं टिपरले राजस्व तिरे–नतिरेको, खोलाको गहिराइ र मापदण्डअनुसार उत्खनन भए–नभएबारे अनुगमन गरिएको बताए । ठेकदार कम्पनीका प्रबन्धक रोजन बहादुर एमसिको अगुवाईमा मापदन्ड बिपरित निकासी भईरहेको छ । ठुला ठुला खाल्टा खुल्टी समेत बनेका छन । खोलामा अनियन्त्रित दोहन भएको पाइएकाले आवश्यक कारबाहीको प्रकृया अघि बढाईने मेयर थापाले बताए ।
२०७९ महिना मंसिर महिनाको २७ गते पालिकाले सूचना प्रकाशित गरि २५ लाख ५१ हजार १५१ ठेक्का लागेको थियो । ८ हजार ८५ दशमलव ६० घन मिटर नदीजन्य पदार्थ निकाल्न पाउने गरी ठेक्का लागे पनि ठेकेदार कम्पनीले त्यसको दोब्बर तेब्बर माल निकासी गरी सकको स्थानीय बताउँछन् ।








