गृहपृष्ठ Featured लुम्बिनी प्रदेश : मुख्य न्यायाधिवक्तामा डा. थापा नियुक्त

लुम्बिनी प्रदेश : मुख्य न्यायाधिवक्तामा डा. थापा नियुक्त

बुटवल ।

लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा डा. बुद्धबहादुर थापा क्षेत्री नियुक्त भएका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संबिधानको धारा १६० को उपधारा २ बमोजिम क्षेत्रीलाई मुख्य न्यायाधिवक्तामा नियुक्तिको लागि सोमबार सिफारिस गरेका हुन् ।

क्षेत्रीलाई प्रदेश प्रमुख अमिक शेरचनले मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन् । यसअघि पूर्वमुख्यमन्त्री लीला गिरीले नियुक्त गरेका मुख्य न्यायाधिवक्ता खुमकान्त पौडेलले राजीनामा दिएका थिए ।

बुटवल उपमहानगरपालिका ९ निवासी थापा बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक हुन् । नेपाली कांग्रेस क्षेत्रीय प्रतिनिधिसमेत रहेका थापा नेपाल प्राध्यापक संघका पूर्वकेन्द्रीय अध्यक्ष पनि हुन् ।

राजनीतिशास्त्रमा विद्यावारिधि गरेका थापाले कानुनमा स्नातक गरेका छन् । थापा नेपाली कांग्रेसमा संस्थापन पक्षनिकट हुन् ।

सम्बन्धित् समाचार