गृहपृष्ठ Featured बुटवलको एक वर्षे उपलब्धी : अस्पताल निर्माण नै ठूलो उपलब्धि

बुटवलको एक वर्षे उपलब्धी : अस्पताल निर्माण नै ठूलो उपलब्धि

बुटवल ।

बुटवल उपममहानगरपालिकाले एक वर्षको उपलब्धी सार्वजनिक गरेको छ । २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका खेलराज पाण्डे मेयर र नेकपा एमालेकी सावित्रादेवी अर्याल उपमेयर निर्वाचित भएका थिए ।

उनीहरुले जेठ ९ गते कार्यप्रारम्भ गरेको एक वर्ष पुगेको अवसरमा ४९ बुँदे प्रगति सार्वजनिक गरेका हुन् । योजनाहरुको शिलान्यास तथा उद्घाटन, फुटपाथ तथा रिक्सा व्यवस्थापन, सुकुम्बासीहरुको तथ्याङ्क संकलन, बेरोजगारहरुको तथ्याङ्क संकलन लगायतका बुँदाहरुलाई एक वर्षे कार्यकालको उपलब्धीमा समावेश गरिएको छ ।

बुटवल उपमहानगरपालिका–१३ र १७ मा निर्माण भएको १५/१५ बेडको अस्पताल आगामी साउनदेखि सञ्चालनमा ल्याउने मेयर पाण्डेले प्रतिवद्धता जनाएका छन् । त्यस्तै अत्याधुनिक पशु वधशाला सञ्चालनका लागि यसअघि अपनाइएको प्रक्रिया विधिसम्मत नदेखिएको भन्दै पुनः टेन्डर गरिएको कुरालाई पनि पाण्डेले उपलब्धीमा राखेका छन् । चालु आर्थिक वर्षमा ७ किलोमिटर सडक मर्मत भएको विषय पनि उपलब्धीमा राखिएको छ ।

बुटवलमा ठेला व्यवस्थापन, कृषि बजार केन्द्र स्थापनाका लागि ईआईए अन्तिम चरणमा पुगेको, अव्यवस्थित बसोबासीलाई प्रमाणपत्र वितरणको प्रक्रिया अन्तिम अवस्थामा पुगेको, सडक पेटीका व्यवसायीलाई हाटबजारमा व्यवस्थापन गरिएको मेयर पाण्डेले बताएका छन् ।

सम्बन्धित् समाचार