गृहपृष्ठ Featured कपिलवस्तुमा ३ दिन भब्य रुपमा गणतन्त्र दिवस मनाईने

कपिलवस्तुमा ३ दिन भब्य रुपमा गणतन्त्र दिवस मनाईने

कपिलवस्तु ।

कपिलवस्तुमा पनि ३ दिनसम्म भब्य रुपमा गणतन्त्र दिवस मनाईने भएको छ । जिल्ला समन्वय समितिमा बिहीवार बसको सरोकारवालाको बैठमा यस्तो निर्णय गरिएको हो ।

समन्वय समितिका प्रमुख तथा गणतन्त्र मुल समारोह समितिका अध्यक्ष बावुराम आचार्यले जेठ १४, १५ र १६ गते ३ दिन सम्म गणतन्त्र दिवस मनाउने निर्णय गरिएको बताए । स्थानीय तहको प्रमुखको अध्यक्षतामा रहने गरी १० वटै पालिकामा समिति निर्माण गरी आवश्यक्ता अनुसार सरसफाई, खेलकुद, रक्तदान जस्ता कार्यक्रम संचालन गर्ने निर्णय गरिएको छ ।

गणतन्त्र दिवसमा सबै कार्यालय र घरघरमा दीप प्रज्वल गर्ने समेत निर्णय गरिएको छ । जेठ १५ गते बिहान प्रशासन चोक देखि आन्दोलन चोक हुदै बहादुरगंज जाने बाटो सम्म सरसफाई अभियान संचालन गर्ने, जेठ १४ गते प्रशासन कार्यालय अघि, भिक्षु र गौैढी चोकमा दिप प्रज्जवलन गर्ने, जेठ १५ गते तौलेश्वर नाथ संस्कुत माबिमा रहेका फरक क्षमताका बिद्यार्थीहरुलाई झोला सहीत स्टेस्नरी बितरण गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा शिवराज नगरपालिकाका मेयर अजय थापा, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, बिभिन्न संघ संस्था र कार्यालय प्रमुखको सहभागीता थियो ।

सम्बन्धित् समाचार