गृहपृष्ठ Featured टीभीएस इलेक्ट्रिक स्कुटर ‘आईक्युब’ भित्राउने तयारीमा बाणगंगा अटो ट्रेडर्स

टीभीएस इलेक्ट्रिक स्कुटर ‘आईक्युब’ भित्राउने तयारीमा बाणगंगा अटो ट्रेडर्स

वैखरी अनलाईन, बाणगंगा ।

टिभिएस मोटरसाइकल तथा स्कुटरको कपिलवस्तुको लागी आधिकारिक विक्रेता बाणगंगा अटो ट्रेडर्सले टीभीएस मोटर्सको इलेक्ट्रिक स्कुटर ‘आईक्युब’ भित्राउने तयारी गरेको छ ।

जिल्लाकै एक मुख्य व्यापारिक केन्द्रका रुपमा स्थापित बाणगंगा– १ बैरियामा अवस्थित बाणगंगा अटो ट्रेडर्सबाटै उक्त स्कुटर उपलब्ध गराउने तयारी रहेको संचालक मनोज पौडेलले बताए । नेपालमा हालै काठमाडौंको होटल सोल्टिमा यो स्कुटरको परीक्षण भईसकेको बताउँदै उनले भने, ‘यसको औपचारिक लन्च भईसकेको छ । अब केही समयमै ग्राहकहरुका लागी उपलब्ध गराउँने तयारीका साथ लागेका छौं ।’

उनले उक्त स्कुटरको लागी अग्रिम बुकिङ्ग समेत गर्न सकिने व्यवस्था मिलाईएको बताए ।

उनका अनुसार पेट्रोल सवारीसाधन ५० हजार किमी चलाउँदा १ लाख खर्च हुन्छ भने आईक्युब इलेक्ट्रिक स्कुटर ५० हजार किमी चलाउदा भारु ६ हजार ४६६ मात्र खर्च हुने छ ।

सञ्चालक मोहन न्यौपानेले यस स्कुटरको आईक्युब एसटी मोडल ४ घण्टा ६ मिनेटमा फुल चार्ज गर्न सकिने जानकारी दिए । उनका अनुसार त्यसपछि यसलाई १४५ किमीसम्म चलाउन सकिन्छ ।

टीभीएस आईक्युब इलेक्ट्रिक स्कुटरमा ७ इन्च टीएफटी टचस्क्रिन, क्लिन यूआई, इन्फिनिटी थिम पर्सनलाइजेसन, भ्वाइस असिस्ट, ओटीए अपडेट, चार्जरको साथमा प्लग एन्ड प्ले क्यारीको साथ फास्ट चार्जिङ, सेफ्टी इन्फर्मेसन, ब्लुटुथ र क्लाउड कनेक्टिभिटीको विकल्प, ३२ लिटर स्टोरेज स्पेस जस्ता फिचर रहेको छ ।

यसमा ५.१ केडब्ल्युएचको ब्याट्री प्याक दिइएको छ, जसको रेन्ज १४० किमी छ । यसमा फाइभवे जायस्टिक इन्टरएक्टिभिटी, म्युजिक कन्ट्रोल, भेइकल हेल्थको साथ प्रोएक्टिभ नोटिफिकेसन, फोरजी टेलिम्याटिक्स र ओटीए अपेडट गरिएको छ ।

यसमा स्मार्टकनेक्ट प्लेटफर्मको उत्कृष्ट नेभिगेसन सिस्टम, टेलिम्याटिक्स युनिट, एन्टि थेफ्ट र जियोफेसिङ जस्ता सुविधा पनि रहेको छ ।

बाणगंगा– १ बैरियामा रहेको बाणगंगा अटो ट्रेडर्स पछिल्लो समय कपिलवस्तुसहित छिमेकी जिल्लाका ग्राहकहरुको पनि पहिलो रोजाईमा पर्दै आएको छ ।

सम्बन्धित् समाचार