गृहपृष्ठ Featured भारतीय नयाँ नक्साविरुद्ध विद्यार्थीकाे प्रदर्शन

भारतीय नयाँ नक्साविरुद्ध विद्यार्थीकाे प्रदर्शन

भारतले नयाँ संसद् भवनमा राखेको अखण्ड भारतको नक्साप्रति नेपालमा विरोध भएको छ।

गत आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको उक्त भवनमा अंकित नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तुसमेत समेटिएपछि नेपालमा विरोध भएको हो।

बुधबार संयुक्त विद्यार्थी संगठनले अखण्ड भारतको नक्साविरुद्ध  माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।
भारतले यसअघि भारतले दार्चुलाको लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई एकतर्फी रूपमा आफ्नो नक्सामा समावेश गरेको थियो।

सम्बन्धित् समाचार