गृहपृष्ठ Featured अर्थमन्त्री महतले बढाए सार्वजनिक विद्युतीय गाडीको कर

अर्थमन्त्री महतले बढाए सार्वजनिक विद्युतीय गाडीको कर

काठमाडौं ।

सरकारले ११ देखि १४ सिटसम्मको विद्युतीय माइक्रोबसमा कर बढाएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको आर्थिक विधेयक २०८० ले ११ देखि १४ सिटसम्मका विद्युतीय माइक्रोबसमा १० प्रतिशत भन्सार तोकेको हो ।

यसअघि ९ सिट भन्दा माथिका सबै विद्युतीय गाडीमा एक प्रतिशत भन्सार शुल्क थियो । अब भने ११ देखि १४ सिटका विद्युतीय माइक्रोमा १० प्रतिशत भन्सार शुल्क लाग्नेछ ।

तर, १४ सिट भन्दा बढीका विद्युतीय सवारीमा भने एक प्रतिशत नै भन्सार लाग्ने पुरानै व्यवस्था कायम छ । यस्ता सार्वजनिक सवारीमा भन्सारसँगै १३ प्रतिशत भ्याट र पाँच प्रतिशत सडक दस्तुर कर लाग्छ ।

सम्बन्धित् समाचार