त्रिपुराको उनाकोटी जिल्लामा बुधवार साँझ भगवान् जगन्नाथको रथ हाई टेन्सन तारको चपेटामा परेको छ । जसका कारण ७ जनाको मृत्यु भएको छ । सोही क्रममा १८ जना जलेका छन् ।
भगवान् जगन्नाथको उल्टा रथयात्राका क्रममा दिउँसो ४ः३० बजे कुमारघाट क्षेत्रमा उक्त घटना भएको प्रहरीले जनाएको छ ।
प्रदेशका मुख्यमन्त्री माणिक साहले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । दुर्घटनामा धेरै तीर्थयात्रीको ज्यान गएको उनले बताए । योसँगै धेरै मानिस घाइते भएका छन् ।