गृहपृष्ठ Featured बुटवलमा रोटरीले ल्यायो रगत संकलन गर्ने एम्बुलेन्स

बुटवलमा रोटरीले ल्यायो रगत संकलन गर्ने एम्बुलेन्स

रूपन्देही ।

रगतको माग दिन प्रतिदिन बढ्दै जाँदा व्यवस्थापन पनि निकै चुनौतीपूर्ण बन्दै गएको छ । रगतको अभाव हुँदा बिरामीका आफन्त रक्तदाता खोज्दै भौतारिनुपर्ने बाध्यता छ ।

रगतको यही माग र आपूर्तिको सन्तुलन मिलाउन बुटवलमा पहिलोपल्ट ‘रक्त संकलन मोबाइल एम्बुलेन्स’ ल्याइएको छ । रक्त एम्बुलेन्समा गाडीभित्रै बसेर रक्तदान गर्न सकिन्छ ।

रोटरी क्लव अफ बुटवलले ल्याएको यो रक्त संकलन एम्बुलेन्स शुक्रबार नेपाल रेडक्रस सोसाइटी रुपन्देहीलाई हस्तान्तरण गरिएको छ । यो एम्बुलेन्स खरिदका लागि रेडक्रसले पनि साझेदारी गरेको छ ।

रोटरी क्लव अफ बुटवलको सिङ्नेचर प्रोजेक्टका रुपमा रहेको यो एम्बुलेन्स ७० लाखको लागतमा भित्र्याइएको क्लवका अध्यक्ष बोनिन पियाले जानकारी दिए । उनका अनुसार यो एम्बुलेन्समा बसेर एकै पटकमा ५ जनाले रक्तदान गर्न सक्छन् ।

‘अब यसलाई सही ढंगले सञ्चालनमा ल्याएर रगतको माग र आवश्यकतालाई पूरा गर्नुपर्छ’, उनले भने । अध्यक्ष पियाले क्लवले रुपन्देहीमा मात्रै १० करोडभन्दा बढी रकम सामाजिक क्षेत्रमा लगानी गरेको बताए ।

सम्बन्धित् समाचार