वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तु शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले धान दिवसका कार्यक्रममा सहभागी नहुने घोषणा गरेका छन् । राज्य कृषकहरूलाई मल, बिउ, सिंचाई तथा उत्पादनको मूल्य एवं बजारको हालसम्म उचित व्यवस्था गर्न असफल भएको भन्दै उनले यस्तो घोषणा गरेका हुन् ।
वैखरीसंग कुराकानी गर्दै उनले भने, ‘कृषि प्रधान देश भन्ने तर यहाँका किसानको बर्षौदेखिको समस्या अहिले पनि जस्ताको त्यस्तै छ । जबसम्म कृषकहरूलाई मल, बिउ, सिंचाईको व्यवस्थासंगै उत्पादनको मूल्य एवं बजार उचित प्रबन्ध हुदैंन तबसम्म रोपाईका कार्यक्रममा सहभागी हुदैंन् ।’








