वैखरी अनलाईन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले रोपाई गर्दै २० औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव सम्पन्न गरेको छ । “जलबायु अनुकुलित कृषकमैत्री प्रविधि धान उत्पादन बृद्धि“ भन्ने मूल नारासहित नगरपालिकाले शुक्रबार उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
कृषकलाई कृषिमा उत्प्रेरित गर्न धान दिवसले थप मद्दत गर्ने नगरप्रमुख केशव कुमार श्रेष्ठले विश्वास व्यक्त गरे ।
हालसम्म पनि अन्य देशहरुबाट आयात गर्नुपर्ने बाध्यताको अन्त्यका लागी कृषिलाई आधुनिकिकरणमा जोड्दै उत्पादकत्व बढाउनुपर्ने उनको भनाई छ । उनले त्यसका लागी नगरपालिकाले कृषिलाई प्राथमिकता दिदैं विभिन्न अनुदानका कार्यक्रम संचालन गरेको बताए ।
उक्त कार्यक्रममा नगरप्रमुख कुमार श्रेष्ठसहित वडा नम्बर ९ का वडाध्यक्ष प्रमोद आचार्य, प्रमुख प्रशासकिय अधिकृत ध्रुब प्रसाद नेपाल, पशु विकास अधिकृत लक्ष्मणलाल श्रीवास्तव, लेखा अधिकृत रेनुराम ज्ञवालीसहितका कर्मचारीहरुको सहभागिता रहेको थियो ।