दोस्रो हाफको ५५ औं मिनेटमा रोमाका जियानलुका मान्सिनीले आत्मघाती गोल गरेपछि खेल १–१ को अवस्थामा आयो । तर, इन्जुरी समयमा थप गरिएको समयमा दुवैपक्षवाट गोल हुन नसके पछि खेल ट्राइबेकरमा जान बाध्य भयो ।
निकै प्रतिस्पर्धात्मक रहेको खेल निर्धारित समयको खेल १–१ को गोलको बराबरीमा रोकिए पछि टाइब्रेकरमा पुगेको खेलमा सेभियाका लुकास ओकम्पास, एरिक लमेला, इभान राकिटिच र गोन्जालो मोन्टिएलसहित सबै खेलाडी गोल गर्न सफल भए भने सो ट्राइबेकरमा रोमाका जियान लुका मान्सिनी र रोजर इवानेजले गोल गर्न चुके पछि सेभियालाई लिग च्याम्पियन बन्ने अवसर खुल्यो ।
यससँगै सेभिया युरोपा लिगमा सातौं पटक च्याम्पियन बनेको हो । सेभिया सातपटक फाइनल पुग्दा सबै सात संस्करणमा नै च्याम्पियन बन्न सफल भएको छ ।