गृहपृष्ठ Featured पश्चिम नवलपरासीमा भ्यानको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

पश्चिम नवलपरासीमा भ्यानको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

पश्चिम नवलपरासी ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० मन्झरियास्थित हुलाकी सडकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेका अनुसार उपचारका क्रममा रामग्राम नगरपालिका–१६ का ३३ वर्षका केशवप्रसाद यादवको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु ७० प ४०५४ नम्बरको मोटरसाइकललाई लु १ च ६७९९ नम्बरको पिकअप भ्यानले ठक्कर दिँदा दुर्घटना भएको हो । घाइतेमध्ये नेमनारायण चौधरीको अवस्था गम्भीर भएकाले उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

इन्दल चौधरीको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा तीन जना सवार रहेको र ठक्कर दिने सवारी र चालकलाई जिल्लाको सुनवल नगरपालिका भुमहीबाट नियन्त्रणमा लिइएको छ ।

सम्बन्धित् समाचार