गृहपृष्ठ Featured दाङमा अटो रिक्सा र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

दाङमा अटो रिक्सा र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

प्रकाशित मिति:

दाङ । 

दाङमा अटो रिक्सा र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। आइतबार दिउँसो साढे ३ बजे राप्ती गाउँपालिका-४ श्रीनाराण चोकमा अटो रिक्सा र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको हो।

घोराहीबाट पूर्व चन्द्रौटा जाँदै गरेको भे १२ प ७५९४ नम्बरको मोटरसाइकल र पश्चिम आउँदै गरेको रा १ ह ५६०१ नम्बरको अटो रिक्सा ठोक्किएका थिए।

दुर्घटना हुँदा घोराही उपमहानगरपालिका वडा नं. ५ का ३२ वर्षीय अटो चालक किरण रोकाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले सेतोपाटीलाई बताए। उनको आइतबार अपराह्न ४ बजे मृत्यु भएको हो।

उक्त दुर्घटनामा परी तीन जना घाइते छन्।

घोराही–१८ मसिनाकी अटोमा सवार ५० वर्षीया डिलशरा बादी, मोटरसाइकल चालक राप्ती गाउँपालिका–३ बसन्तपुरका ३३ वर्षीय दोर्णबहादुर चौधरी र पछाडि सवार सोही ठाउँकै ३० वर्षीय सुन्दरप्रसाद चौधरी घाइते भएका छन्।

डिएसपी गौतमका अनुसार बादीको घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र अन्य दुई जनालाई नेपालगन्जमा रिफर गरिएको छ।

तीव्र गतिका कारण उक्त दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ।

सम्बन्धित् समाचार