गृहपृष्ठ Featured पाल्पाको सत्यवतीमा जिप दुर्घटना : ३ जनाको मृत्यु, ११ घाइते

पाल्पाको सत्यवतीमा जिप दुर्घटना : ३ जनाको मृत्यु, ११ घाइते

प्रकाशित मिति:

पाल्पा ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवती केवँरेछेडामा आइतबार बेलुकी जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छ्न् ।

मृतक दुई महिला र एक पुरुष रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनीहरुको पहिचान खुलेको छैन ।

सालझण्डीबाट अर्घाखाँचीतर्फ जाँदै गरेको लु १ च ९०२४ नम्बरको डबल क्याब जिप ढोरपाटन सडकमा दुर्घटनामा परेको हो । घाइते भएकाहरुलाई उद्धार गरी रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको स्थानीय दिलबहादुर गाहाले जानकारी दिए ।

उनका अनुसार घाइतेहरुलाई जंगल र भीरबाट सडकसम्म ल्याएर अस्पताल पठाउने कार्य भइरहेको छ ।

रुपन्देहीको सालझण्डी र प्रहरी चौकी बल्ढेङगढी पाल्पाबाट प्रहरीको टोली घटनास्थल पुगेर उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख हेरम्ब शर्माले जानकारी दिए । बल्ढेङगढी चौकीबाट दुर्घटनास्थल टाढा र एकान्तमा पर्ने भएकाले स्थानीयले नै उद्धार थालेका थिए ।

दुर्घटनाग्रस्त जिप सडकदेखि करिक ७० मिटर तल खसेको छ ।

सम्बन्धित् समाचार