कपिलवस्तु ।
कपिलवस्तु उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष उमानाथ पौडेल उद्योग वाणिज्य परिषद्को सदस्यमा मनोनयन भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघमा निर्वाचित उपाध्यक्ष सुरकृष्ण वैद्यको सभापतित्वमा गठित परिषद्को सदस्यमा पौडेललाई मनोनयन गरिएको हो ।
महासंघको विधानको दफा ३९.२.१ अनुसार परिषद् गठन गरिएको हो ।
महासंघका अध्यक्ष चण्द्र प्रसाद ढकालले परिषद्लाई सक्रिय बनाउन पौडलेको भूमिका महत्वपूर्ण हुने विश्वास ब्यक्त गरेका छन् ।