काठमाडौँ ।
नेपाल एएफसी वुमेन्स यू–२० एसियाकप छनोटको दोस्रो चरणको पहिलो खेलमा मंगलबार म्यानमारसँग सजिलै ५–० ले पराजित भएको छ । म्यानमारको थुवुन्ना स्टेडियममा भएको खेलमा घरेलु टिमका लागि यिन लुन इनले ह्याट्रिक गरिन् ।
यस्तै जिन मोइ पाए र युन वादीले एक/एक गोल थपे । अब नेपालले आफ्नो दोस्रो खेलमा बिहीबार चीनको सामना गर्नेछ । यस्तै शनिबारको अन्तिम खेलमा चिनिया ताइपेयीविरुद्ध खेल्ने छ ।
प्यालेस्टाइनमा भएको पहिलो चरणको खेलमा नेपाल विजेता रहेको थियो ।
नेपाल समूह ‘बी’ विजेताका रूपमा छनोटको दोस्रो चरण पुगेको हो ।