गृहपृष्ठ Featured कपिलवस्तु र लुम्बिनी समेटेर भारतको संसद् भवनमा राखिएको नक्सा राजनीतिक होइन : प्रधानमन्त्री दाहाल

कपिलवस्तु र लुम्बिनी समेटेर भारतको संसद् भवनमा राखिएको नक्सा राजनीतिक होइन : प्रधानमन्त्री दाहाल

प्रकाशित मिति:

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कपिलवस्तु र लुम्बिनी समेटिएको नक्सा भारतको नयाँ संसद् भवनमा राखिएकोबारे आफूले चासो राखेको बताएका छन्। बुधबार राष्ट्रिय सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले भारतको नयाँ संसद् भवनमा राखिएको नक्साबारे गम्भीर रुपले उठाएकाे बताएका हुन्।

प्रचण्डले भने, ‘नेपालको कपिलवस्तु र लुम्बिनी समेटिएको नक्सा भारतको नयाँ संसद् भवनमा राखिएकोबारे कुरा राखे। उहाँहरुले यो कुनै राजनितिक नक्सा होइन, यो ऐतिहासिक र सांस्कृतिक नक्सा हो, यसलाई राजनीतिक रुपले हेर्न हुँदैन भन्ने उहाँहरुको जवाफ छ। योबारे अझ बढी अध्ययन गर्ने  कुरा त बाँकी नै छ।’

नयाँ नक्साबारे भारत भ्रमणका क्रममा कुरा नउठाएको भन्ने विषय साँचो नरहेको बताए।

सम्बन्धित् समाचार