गृहपृष्ठ Featured लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रम शुक्रबार ल्याउने

लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रम शुक्रबार ल्याउने

प्रकाशित मिति:

लुम्बिनी प्रदेशले सरकारको नीति तथा कार्यक्रम शुक्रबार ल्याउने भएको छ।

शुक्रबार दिउँसो साढे ११ बजेका लागि बोलाइएको बैठकमा  सरकारको नीति तथा कार्यक्रम ल्याउने प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले जनाएका छन्।

दोस्रो अधिवेशनको पाँचौँ बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउन लागिएको हो।​ प्रदेश सभा नियमावली २०७९ को नियम ३ को उपनियम (३) बमोजिम बैठक आह्वान गरिएको हो।

यसअघि बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक भोलिपल्टका लागि सारिएको हो।

सम्बन्धित् समाचार