कपिलवस्तु ।
कपिलवस्तुमा निजामति कर्मचारीहरुले कार्यालय समयमा टिकटक बनाए कारबाही गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले मातहतका सबै कर्मचारीहरुलाई अनिवार्य नियम पालना गर्न आग्रह गरेको गर्दै यस्तो चेतवनी दिएको हो । बिभिन्न ७ बुँदे चेतावनी पत्र सार्वजनिक गर्दै प्रशासनले नियम पालना गर्न अनुरोध गरेको छ ।
‘कार्यालय समयमा, कार्यालय परिसरभित्र र कर्मचारी पोशाकमा टिकटक जस्ता भिडियो खिचेर सामाजिक सञ्जालमा नराख्नू ।’ जारी पत्रमा भनिएको छ ।
प्रशासकीय अधिकृत निर्मल पोखेलद्धारा हस्ताक्षरित विज्ञप्तीमा सरकारी सवारी साधनको प्रयोग गरी टिकटक जस्ता भिडियो खिचेर सामाजिक सञ्जालमा नराख्न पनि आग्रह गरिएको छ ।








