गृहपृष्ठ Featured मेयर बालेनले कार्यकक्षमा राखे ग्रेटर नेपालको नक्सा

मेयर बालेनले कार्यकक्षमा राखे ग्रेटर नेपालको नक्सा

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन्। बिहीबार सभा गृहस्थित रहेको मेयरको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको एक सचिवालय सदस्यले बताए।

यस्तै नेपालको नक्सा पनि पुरानो भइसकेको हुँदा ग्रेटर नेपालको नक्सा राखी पुनःस्थापना गरिएको उनले बताए।

मेयर बालेन शाह भने अहिले भारतको बैंगलुरूमा छन‍्‍।

भारतले जेठ १४ गते नयाँ संसद भवनको उद्घाटन गरेको थियो। उक्त भवनमा भारतले ‘अखण्ड भारत’ को नक्सा राखेको थियो।उक्त नक्सामा ‘अखण्ड भारत’ मा नेपालको लुम्बिनी र कपिलवस्तु क्षेत्रलाई समेत समेटिएको छ।

प्रधानमन्त्रीलाई सांसदहरूले भारतीय संसदमा राखिएको ‘अखण्ड भारत’ को भित्तेचित्र हटाउन भारतलाई आग्रह गर्नुपर्ने बताउँदै आएका छन्।

सम्बन्धित् समाचार