कपिलवस्तु ।
जिल्लाको बुद्धभूमि नगरपालिकाले १ सय ५९ जना कृषकलाई बिभिन्न चार प्रकारका साना कृषि यान्त्रिक सामग्री प्रदान गरेको छ । कृषक समुह, कृषक, फर्म गरी उनीहरुलाई मिनि टिलर, मोटर, पम्पसेट र कन्सेलर प्रदान गरेको हो । उनीहरुलाई लागत सहाभागीता सो सामाग्री प्रदान गरिएको नगरपालिका कृषि शाखाका प्रमुख देबीराम बेल्बासले बताए । ५० प्रतिशत लागत सहभागीतामा ५० हजार ४९९ मुल्य पर्ने ८० वटा मिनि टिलर प्रदान गरिएको छ ।

यस्तै ३० प्रतिशत लागत सहभागीतामा १८ हजार ४९८ मुल्यको २ हर्ष पावरको मोटर ५७ जनालाई प्रदान गरिएको छ । ३० प्रतिशत लगत सहभागीतामा ३७ हजार ४९९ मुल्यको पम्पसेट १६ जनालाई र मकै छोडाउने १४ हजार ४९९ मुल्यको कन्सेलर ६ जनालाई प्रदान गरिएको हो । ती सामाग्रीकालागि नगरपाकिाले सुचना आह्वान गरेको थियो ।
त्यसैका आधारमा छनौट गरी कृषकहरुलाई सो सामाग्री प्रदान गरिएको थियो । कृषि क्षेत्रको विकासकालागि नगरपालिकाले बिगत ६ बर्ष देखि यस्ता यान्त्रिक सामाग्ीहरु प्रदान गर्दै आएको मेयर केवश कुमार श्रेष्ठले बताए । ब्यवसायिक कृषि तर्फ उन्मुख गर्न आफनो पालिकाले आवश्यक बजेट बिनियोजन गरेको बताए ।
मलखाद, सिचाई उन्नतजातका बिउ सहज उपलब्धताका लागि आफुहरु प्रयासरत रहेको उनले बताए । उनले प्राप्त भएका सामग्रीहरुको सही सदुपयोग गर्न उनले आह्वान गरेका छन् ।








