स्याङ्जा ।
स्याङ्जाको गल्याङ नगरपालिका- ५ का पूर्ववडाध्यक्ष विष्णु क्षेत्रीको डोजरको ठक्करबाट ज्यान गएको छ ।
आज शुक्रवार वडा नम्बर ५ कै जोगिमारामा काम गरिरहेको डाेजर अनियन्त्रित भएर क्षेत्रीलाई ठक्कर दिएको थियो । डाेजरले ठक्कर दिँदा घाइते भएका क्षेत्रीको उपचारका क्रममा कालीगण्डकी अस्पताल मिर्मीमा ज्यान गएकाे प्रहरीले जनाएकाे हाे ।
अहिले उहाँकाे शव पाेस्टमार्टमका लागि वालिङकाे गह्रौ प्राथमिक अस्पतालमा राखिएको छ ।