कपिलवस्तु ।
११४ औ भवानी भिक्षु जयन्तीको अवसरमा कपिलवस्तु नगरपालिका वडा नम्बर ३ स्थित वडा स्तरिय निमाबि स्तरको बक्तृत्वकला प्रतियोगीता सम्पन्न गरिएको छ । वडा नम्बर ३ को कार्यालयको सहयोगमा सुजनशील नारी साहित्य समाजको आयोजनामा सो प्रतियोगीता गरिएको हो ।
प्रतियोगीतामा सिद्धार्थ बिद्या मन्दिरका प्रमिस आचार्य प्रथम, शान्ति निकेतन बोडिङ स्कुलका देघराज आचार्य द्धितीय, बुद्ध ज्योति बोडिङ स्कुलकी कमला भन्डारी तुतीय र गौतम बुद्ध आधारभुत बिदालयकी रिात लोनिया तृतीय भए । बिजयी बिद्यार्थीहरुलाई वडा सदस्य कल्लु यादव, वडा सचिव मेघनाथ खनाले पुस्कार मेडल र प्रमाण पत्र प्रदान गरेका थिए । प्रतियोगीतमा सहभागी भएका सबै बिद्यार्थीलाई पुस्कृत गरिएको थियो ।
कार्यक्रममा वडाध्यक्ष प्रकाश गैरेलाई आयोजक संस्थाले दोसल्ला र प्रशंसा पत्रले सम्मानित गरको थियो । सो अवसरमा वडाध्यक्ष गैरले भवानी भिक्षु साहित्य कै गहना भएको बताए ।
उनले साहित्य क्षेत्रको विकासकालागि नगरपालिका र वडाले सक्दो सहयोग गर्ने बताए । संस्थाकी अध्यक्ष सकुन्ताला पौडेलको अध्यक्षता, भानु प्रकाश चुर्तबेदीको संचालनमा भएको कार्यक्रममा वडा सदस्य कल्लु यादव, वडा सचिव मेघराज खनाल, साहित्यकार पार्वती शर्मा, पशुपति मणि त्रिपाठी, गायत्री त्रिपाठी, श्याम प्रकाश श्रीवास्तव, पराशुराम यादव लागायले आफनो कला प्रस्तुत गरी मन्तब्य समेत दिएका थिए ।