गृहपृष्ठ Featured इमर्जिङ टिम्स एसिया कप खेल्ने नेपाली टिम घोषणा

इमर्जिङ टिम्स एसिया कप खेल्ने नेपाली टिम घोषणा

प्रकाशित मिति:

काठमाडौं ।

हङकङमा हुने एसीसी वुमन्स टी-२० इमर्जिङ टिम्स एसिया कप खेल्ने नेपाली टिमको घोषणा भएको छ । १२ जुनदेखि हुने प्रतियोगिताका लागि मलेसियासँग ५ म्याचको शृंखला खेलेको नेपाली टोली नै यस प्रतियोगिताका लागि जाने भएको हो ।

नेपाली टोलीलाई भोलि हङकङ पठाउने तयारी भइरहेको क्यानले जनाएको छ । यस टिमका लागि प्रशिक्षक सामसन जंग थापा नै रहने छन् ।

नेपालले यस प्रतियोगिताका लागि समुह ‘ए’ मा रहेर हङकङ, भारत र पाकिस्तानसँग खेल्ने छ ।

समूह बीमा बंगलादेश, मलेसिया, श्रीलंका र दुबई हुने छन् । नेपालले पहिलो खेल १३ जुनमा पाकिस्तानसँग खेल्ने छ भने दोस्रो खेल १५ जुनमा भारतसँग खेल्नेछ । यस्तै १७ जुनमा घरेलु टोली हङकङसँग प्रतिस्पर्धा गर्ने छ ।

उक्त प्रतियोगिता हङकङको मिसन रोड मैदान कोलुनमा हुने छ ।

सम्बन्धित् समाचार